
काठमाडौं । सिदार्थ इन्स्योरेन्सको शुक्रबार बसेको साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको बोनस शेयर पारित गरेको छ । कम्पनीको १७ औं साधारण सभाले १५ दशमलब ४८ प्रतिशत बोनस शेयर पारित गरेको हो । उक्त बोनस शेयरपछि कम्पनीको चुक्त पुँजी बीमा समितिले तोकेको मापदण्ड अनुसार १ अर्ब पुग्नेछ ।
शुक्रबार वार्षिक साधारण सभाले प्रस्तावित १५ दशमलव ४८ प्रतिशत बोनस शेयरको प्रस्ताव पारित गरेसँगै कम्पनीको चुक्तापूँजी तोके बमोजिम कायम हुने भएको हो । बोनस शेयर वापत लाग्ने कर भने लगानीकर्ता आफैले तिर्नुपर्ने भएको छ । कम्पनीले नगद लाभांश भने दिएको छैन् ।
यसअघि ८६ करोड ५९ लाख १८ हजार रुपैयाँ चुक्तापूँजी रहेको यस कम्पनीको बोनस पश्चात १ अर्ब रुपैयाँ पुगेको छ । सभामा बोल्दै कम्पनीका अध्यक्ष रतनलाल केडियाले बदलिदो परिवेश र आवश्यकता अनुरुप नागरिकहरुले प्रत्यक्ष लाभ उठाउन सक्ने किसिमका बीमाका योजना ल्याउने बताए ।
यस कम्पनीले चालू आर्थिक वर्षको यस अवधिसम्म लघु बीमा योजना अन्तर्गत , सिद्धार्थ आदर्श नारी बीमा , पारिवारीक दुर्घटना बीमा तथा व्यवसायिक बीमा अन्तर्गत चिकित्क तथा स्वास्थ्य कर्मीहरुका पेशागत क्षतिपूर्ति बीमा र घातक रोगहरुका बीमा लेख लगाएत चार प्रकारका बीमालेख प्रचलनमा ल्याएको छ ।
हालसम्म देशको सातै प्रदेशको ४३ वटा ल्लिमा ७७ वटा शाखा सञ्जाल मार्फत बीमा सेवा प्रदान गरिरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत बीरेन्द्र बैदवार क्षेत्रीको भनाई छ । उनले कम्पनीले प्राप्त गरेको ख्याति र साखलाई सदा उच्च बनाई बजारमा देखिएको चुनौतिहरुको सामना गरी , गुणस्तरिय , विश्वासिलो एवम् समय सापेक्ष बीमा सेवा प्रदान गर्न क्रियाशिल रहने प्रतिवद्धता समेत व्यक्त गरे । यस कम्पनीले चैत मसान्तसम्म १ अर्ब ३४ करोड ३३ लाख ९७ हजार रुपैयाँ बीमाशूल्क आर्जन गरेको थियो । सो अवधिसम्म कम्पनीमा ८९ हजार ७८३ बीमा लेख जारी रहेको थियो ।
प्रतिक्रिया दिनुहोस