aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नाफा बढेको ज्योति लाईफको बीमाशुल्क आर्जन रकम शतप्रतिशत बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ बैशाख २०७८
नाफा बढेको ज्योति लाईफको बीमाशुल्क आर्जन रकम शतप्रतिशत बढ्यो

बैकाठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ । फागुन २१ गतेदेखि २६ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरी चैत १३ गते बाँडफाँट गरेको कम्पनीको चुक्तापूँजी रू. २ अर्ब २० करोड पुगेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको संस्थापक तर्फबाट चुक्ता भएको पूँजी रू. १ अर्ब ५४ करोड रहेको थियो । 

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले रू. २ अर्ब २८ करोड ६९ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीले  शतप्रतिशत बढी कुल बीमाशुल्क आर्जन गरेको हो । गत वर्ष यो अवधिसम्म कम्पनीले रू. १ अर्ब १४ करोड ३२ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो । गत वर्ष रू. ८९ लाख ५९ हजार कुल दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष रू. १० करोड ११ लाख ५२ हजार गरेको छ । कम्पनीले गत वर्षभन्दा यस वर्ष ११ गुणा बढी कुल दाबी भुक्तानी गरेको हो ।

शतप्रतिशत कुल बीमाशुल्क आर्जन बढाएको कम्पनीको खुद नाफा भने ५ दशमलव ८१ प्रतिशत बढी भएको छ । गत वर्ष रू. ११ करोड ४१ लाख ४२ हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. १२ करोड ७ लाख ७१ हजार यो नाफा गरेको हो । गत वर्षभन्दा यस वर्ष १७ दशमलव १७ प्रतिशत आम्दानी बढाएको कम्पनीको खर्च भने ५५ प्रतिशत बढी भएको छ । यस वर्ष कम्पनीले रू. १७ करोड ८८ लाख १६ हजार कुल आम्दानी गरेकोमा रू. ५ करोड ८० लाख ४४ हजार कुल खर्च गरेको हो ।

 कम्पनीको जगेडा कोष रकम पनि यो वर्ष ६० दशमलव ५८ प्रतिशत बढेर रू. ६० करोड ४ लाख ८७ हजार कायम भएको छ । जीवन बीमा कोष रकम भने गत वर्षभन्दा यस वर्ष १४८ दशमलव ९५ प्रतिशत बढी रू. ३ अर्ब ४९ करोड ६७ लाख ९१ हजार पुगेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ७ दशमलव ३२ र प्रतिशेयर नेटवर्थ रू. १३० दशमलव ३३ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस