aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 
कोरोना कहर

निषेधाज्ञामा कस कसले सवारी चलाउन पाउँछन् ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ बैशाख २०७८
निषेधाज्ञामा कस कसले सवारी चलाउन पाउँछन् ?
फाइल तस्विर

काठमाडौं । उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञामा चल्न पाउने र नपाउने सवारी साधनको वर्गीकरण गरेको छ। तीन वटा जिल्ला प्रशासनले गत बिहीबारदेखि जारी गरेको निषेधाज्ञालाई प्रभावकारी बनाउन सवारी साधनको वर्गीकरण गरेको हो।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमकुमार भट्टराईले निषेधाज्ञालाई पूर्ण पालना गर्न तथा निषेधाज्ञा अवधिभर घर बाहिर जान परेमा सवारी पास लिएर र जनस्वास्थ्य मापदण्ड पालना गरी घरबाट निस्कन सकिने बताए।  

कार्यालयले सूचना जारी गर्दै अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरूवा (बढीमा २ जना) स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनका लागि सवारी पास आवश्यक नपर्ने जनाएको छ।  

त्यसै सवारी पास आवश्यक नपर्ने सवारी साधनमा अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था, बीमा कम्पनी, दूरसंचार, इन्टरनेट, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन लगायतका ढुवानीका यातायात र प्रेसका साधनमा विषय उल्लेख गरी संचालन गर्न पाउने जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ।

कार्यालयले सवारी पास आवश्यक पर्नेहरुको सूचीमा सरकारी कार्यालय लगायतका सार्वजनिक सेवा प्रदायक संस्थाको हकमा सम्बन्धित मन्त्रालय वा विभागवाट जारी भएको अनुमति पास लिएको सवारी साधन चलाउन पाइने काठमाडौं जिल्ला प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

 त्यस्तै, विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका साधनको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसको आधारमा प्रशासन कार्यालयबाट अनुमति पास लिएका सवारी साधन, अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरुको हकमा हवाई टिकट, पासपोर्ट, भिषा हुनेहरुलाई सिधै एयरपोर्ट जाने सवारी साधनको सहजीकरण गरिने समेत सूचनामा जनाइएको छ।

त्यस्तै अस्पताल आउने जाने बिरामी र कुरुवा, मृत्यु संस्कारमा अनिवार्य रुपमा सहभागी हुनुपर्ने अवस्था र विवाह,वर्तमनमा २ वटासम्म सवारी सधान प्रयोग गर्न पास लिन नपर्ने सूचनामा जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस