aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

जेठ १५ भित्र माथिल्लो तामाकोशीले विद्युत उत्पादन थाल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ बैशाख २०७८
जेठ १५ भित्र माथिल्लो तामाकोशीले विद्युत उत्पादन थाल्ने

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सुरुङमा पानी भर्न विहीबारबाट शुरु गरिएको छ । आयोजनाका मुख्य बाँध,इन्टेक, मुख्य सुरुङ, विद्युत गृह, टेलरेस सुरुङलगायतका सिभिल संरचना निर्माण सकिएकाले विहीबार मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी पठाए टेष्टिङ गर्ने काम भएको आयोजनाका प्रमुख विज्ञानप्रसाद श्रेष्ठले बताए । 

उनले भने, ‘यो टेष्टिङको काम सफल भएमा आउँदो १५ भित्र जेनेटर सञ्चालन गर्छौ र विद्युत उत्पादनको चरणमा पुग्छौं ।  जलाशय र बालुवा थिग्राउने पोखरीमा पानी भरी बाँध, इन्टेक लगायतका सिभिल संरचनाहरु र त्यहाँ जडान गरिएका गेट, स्टपलग जस्ता हाइड्रोमेकानिकल उपकरणहरुको सफलतापूर्वक प्राविधिक परीक्षण सम्पन्न भइसकेको उनले दावी गरेका छन ।’

स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको आयोजनामा  भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ र सञ्चार र सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता पार्वत गुरुङले सुरुङमा पानी भर्न शुरु गरेको प्रमुख श्रेष्ठले बताए । 

माथिल्लो ठाडो सुरुङ र  तल्लो ठाडो सुरुङकोबीच भागमा राखिएको पेनस्टक पाइप जडानको काम सकिएपछि मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी भर्न थालिएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए । 

तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठका अनुसार  मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी पठाउन दुई हप्ता लाग्ने छ र सुरुङको परीक्षण सफल भएपछि परीक्षण उत्पादन शुरु हुनेछ । 

४५६ मेगावाटको नेपालकै ठूलो जलविद्युत आयोजनामा ७६ मेगावाट क्षमताका ६ वटा टर्बाइन राखिएका छन्। बैशाखमा एउटा युनिटबाट विद्युत उत्पादन शुरु गर्ने तालिका रहेपनि सिभिल संरचनाको काम नसकिएकाले समय लागेको उनले बताए । आउँदो आर्थिक वर्षभित्र नै ६ वटै युनिटबाट उत्पादन सुरु हुने आयोजनाले जनाएको छ।

३५ अर्ब २९ करोड लागतमा निर्माण सक्ने भनिएको उक्त आयोजना निर्माणका लागि हालसम्म करिब ४९ अर्ब रुपैयाँ खर्च भइसकेको आयोजनाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस