aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कृषि क्षेत्रको उत्पादन घट्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ बैशाख २०७८
कृषि क्षेत्रको उत्पादन घट्ने

काठमाडौं । चालू आर्थिक वर्षमा कृषि क्षेत्रको कुल ग्राहस्थ उत्पादन योदान घट्ने भएको छ । केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांकमा कृषि क्षेत्रको योगदान ०.३८ प्रतिशतले घट्ने प्रक्षपण गरेको छ । 

गत आर्थिक वर्षमा कृषि क्षेत्रको योगदान २६.२१ प्रतिशत रहेकोमा यस चालू आर्थिक वर्षमा २५.८३ प्रतिशत हुने विभागको अनुमान रहेको छ । 

औद्योगिक क्षेत्रलाई प्राथमिक क्षेत्र, द्वितीय क्षेत्र र सेवा क्षेत्र गरी प्रमुख तीन समूहमा विभाजन गरेर विभागले शुक्रबार तथ्यांक सार्वजनिक गरेको छ। प्राथमिक क्षेत्रले चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले २६.४ प्रतिशत योगदान दिएको उल्लेख गरेको छ । 
 
उद्योग क्षेत्रले चालु आर्थिक वर्षको कुल जीडीपीमा उद्योगले ५.०८ प्रतिशत योगदान दिएको छ। उद्योग क्षेत्रमा गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा कुल मूल्य अभिवृद्धि  ३.८५ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धि दर स्थिर मूल्यमा २.७५ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको छ । चालु आर्थिक वर्षमा धानको उत्पादनमा भएको वृद्धिले गर्दा यस क्षेत्रको उत्पादनमा गत आवको भन्दा बढि वृद्धि दर रहेको छ।

द्धितिय क्षेत्रमा चालु आर्थिक वर्षको जीडीपीमा यस क्षेत्रले १२.५ प्रतिशत योगदान दिएको अनुमान गरिएको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा यस क्षेत्रको कुल भ्याटको वृद्धिदर स्थिर मूल्यमा ४.९३ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान रहेको छ। यस्तै थोक तथा खुद्रा व्यापार, आवास तथा भोजन सेवा लगायत क्षेत्रले चालु आर्थिक वर्षको जीडीपीमा ६१.१ प्रतिशत योगदान दिएको अनुमान गरिएको छ।
 

प्रतिक्रिया दिनुहोस