aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

रु रु जलविद्युतको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्च  ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ बैशाख २०७८
रु रु जलविद्युतको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्च  ?

काठमाडौं । रु रु जलविद्युत परियोजना लिमिटेडको साधारण शेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । नेप्सेले आइतबार उक्त परियोजनालाई पहिलो कारोबारका लागि न्युनतम ११८ रुपैयाँ ८४ पैसादेखि अधिकतम ३५६ रुपैयाँ ५२ पैसासम्मको ओपनिङ रेञ्च दिएको हो । 

नेपसेका अनुसार उक्त कम्पनीको ४० लाख ७७ हजार ५५ कित्ता आईपीओ सूचिकृत भएको हो । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि RURU सिम्बोल पाएको छ ।  

कम्पनीले चैत्र २४ गते, मंगलबारसम्म १२० रूपैयाँका दरले ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये, २ प्रतिशत अर्थात् ८ हजार एक सय ५४ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् २० हजार ३ सय ८५ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७९ हजार एक सय ६७ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको थियो । 

प्रतिक्रिया दिनुहोस