aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

छ्याङदी हाइड्रोपावरले हकप्रद निष्कासनका लागि बोर्डमा दियो निवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ बैशाख २०७८
छ्याङदी हाइड्रोपावरले हकप्रद निष्कासनका लागि बोर्डमा दियो निवेदन

काठमाडौं । छ्याङदी हाइड्रोपावर लिमिटेडले ३० प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १० बराबर ३ को अनुपातमा रू. ८ करोड ९३ लाख २ हजार ५०० बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्कासनका लागि बैशाख १५ गते बोर्डमा निवेदन दर्ता गराएको हो । यो हकप्रद विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

यस वर्ष कम्पनीले ५ दशमलव २६ प्रतिशत वितरण गरेको छ । गत आर्थिक वर्ष ०७६/७६ को सञ्चित मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश कम्पनीले वितरण गरेको हो । ५ प्रतिशत बोनस शेयर वितरण पश्चात कायम हुने रू. २९ करोड ७६ लाख ७५ हजारको आधारमा ३० प्रतिशत हकप्रद शेयर कम्पनीले विक्री गर्न लागेको हो । 
 

प्रतिक्रिया दिनुहोस