aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

रैराङ हाइड्रोपावरको नाफा करिब ४ करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० बैशाख २०७८
रैराङ हाइड्रोपावरको नाफा करिब ४ करोड

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले रू. ३ करोड ८५ लाख २१ हजार खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको यो नाफा ४ दशमलव ३८ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ३ करोड ६९ लाख ४ हजार यो नाफा गरेको थियो ।

यस वर्ष विद्युत विक्रीबाट रू. १७ करोड १ लाख ६० हजार आम्दानी गरेको छ । कम्पनीले रैराङ खोलाबाट रू. ६६ लाख ३९ हजार र इवाखोलाबाट रू. १६ करोड ३५ लाख २१ हजार आम्दानी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ५६ करोड रहेको छ । जगेडा कोष रकम गत वर्षभन्दा ४८ प्रतिशत बढी रू. ५ करोड ४८ लाख ८३ हजार कायम भएको छ ।

कम्पनीको कर्जा रकम भने गत वर्षभन्दा करिब एक प्रतिशत बढी रू. १ अर्ब ३१ करोड ३८ लाख २९ हजार रहेको छ । प्रतिशेयर आम्दानी रू. १३ दशमलव शून्य ३ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २०० रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस