aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

हकप्रद निष्कासन गर्न अपि पावरले पायो बोर्डको अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० बैशाख २०७८
हकप्रद निष्कासन गर्न अपि पावरले पायो बोर्डको अनुमति

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्न अनुमति पाएको छ । पावर कम्पनीले दोस्रो चरणको हकप्रद शेयर निष्कासन तथा बिक्री खुल्ला गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको हो ।  

कम्पनीले १ बराबर ०.२९३८ को अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न गत फागुन ९ गते, आइतबार सेबोनमा निवेदन पेश गरेको थियो । सेबोनबाट हिजो आइतबार अनुमति पाएको हो । कम्पनीको उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।    

यसअघि पहिलो चरणमा कम्पनीले गत कार्तिक १४ गते, शुक्रबारदेखि मंसिर ४ गते, बिहीबारसम्म चुक्ता पुँजी १ अर्ब  १९ करोड ७ लाख बराबरको प्रति शेयर १ः०४७६ को अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको प्रति शेयर एक सय अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस