aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कोरोनाको उच्च जोखिममा तरकारी बजार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० बैशाख २०७८
कोरोनाको उच्च जोखिममा तरकारी बजार

काठमाडौं । निषेधाज्ञामा पनि उपत्यकाका खाद्यान्न, तरकारी तथा फलफूल पसलहरू दिनमा दुई पटक खुल्ने गर्छन् । खाद्यान्न तथा तरकारी पसल बिहान ६ः०० देखि १०ः०० बजेसम्म र साँझ ५ः०० देखि ७ः०० बजेसम्म खुला हुन्छन् ।  

कालीमाटी, मिनभवन, जोरपाटी, बल्खु मनोहरा, बालाजु बानेश्वर, तीनकुने, बागबजार लगायतका ठाउँका तरकारी तथा फलफूल बजारहरूमा बिहान र बेलुका भीड लाग्ने गर्छ । यसले गर्दा कोरोना सर्ने जोखिम बढेको छ । सीमित समयसम्म बजार खुल्ने भएकाले उपभोक्ताको भीड अत्यधिक हुने गरेको हो ।    

कालीमाटी फलफूल तथा तरकारी बजार समितिका सूचना अधिकारी विनय श्रेष्ठले  कालीमाटी फलफूल तथा तरकारी बजारमा बिहान अत्यधिक भीड हुने गरेको स्वीकार गरे । उनले भने, ‘सीमित समयमा कारोबार हुने भएकोले व्यापारीहरू ठुलो सङ्ख्यामा आउने गर्छन् । यसले गर्दा भिडभाड धेरै हुन्छ ।’ उनी थप्छन्, ‘हामीले बारम्बार स्वास्थ्य मापदण्ड अपनाउन सुझाइरहेका छौँ । हामी स्वयम आफैले आफ्नो ठाउँबाट सचेतता अपनाउनु पर्छ ।’ 

अहिले सबैको स्वास्थ्य जोखिम रहेको बताउँदै श्रेष्ठ भन्छन्, ‘म बजारमा आउँछु भने मैले स्वास्थ्य सुरक्षाको उपाय अपनाइन भने म नै जोखिममा पर्छु । मेरो ज्यान जोखिममा छ भनेर सबैले स्वास्थ्य मापदण्ड अपनाउनु पर्छ ।’  

उनका अनुसार खुद्रा बजारका लागि त्यहाँ तरकारी तथा फलफूल खरिद गर्न आउनेको भीड हुन्छ । तरकारी तथा फलफूल बजारमा प्रवेश गर्नेका लागि मास्क अनिवार्य गरिएको छ । सेनिटाइर र पानी, हात धुने सामग्री ठाउँ ठाउँमा राखिएका उनको दाबी छ ।    

 

 

प्रतिक्रिया दिनुहोस