aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

एशियन लाईफ इन्स्योरेन्सको संस्थापक शेयर बैशाख २६ गतेदेखि विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ बैशाख २०७८
एशियन लाईफ इन्स्योरेन्सको संस्थापक शेयर बैशाख २६ गतेदेखि विक्रीमा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक शेयर विक्रीमा आउने भएको छ । महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको उक्त शेयर बैशाख २६ गतेदेखि जेठ ९ गतेसम्मका लागि लिलामीमा आउने भएको हो ।

 यो शेयरको मूल्य प्रतिकित्ता रू. ६९८ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरु वा योग्य जो कोहि व्यक्ति तथा संगठित संस्थाहरुले विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालय नारायणचौर, नक्साल, काठमाडौंमा पुग्ने गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

बोलकबोल गर्दा न्यूनतम एक हजारकित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र जेठ १० गते अपरान्ह ३ बजे विक्री प्रबन्धकको कार्यालयमा खोलिने जानकारी पनि कम्पनीले गराएको छ ।
 

प्रतिक्रिया दिनुहोस