aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

सगरमाथा इन्स्योरेन्सको खुद नाफा ६४ प्रतिशतले वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ बैशाख २०७८
सगरमाथा इन्स्योरेन्सको खुद नाफा ६४ प्रतिशतले वृद्धि

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिसम्ममा खुद नाफा ६४ प्रतिशतले वृद्धि गर्न सफल भएको छ।कम्पनीले यस त्रैमासको अवधिसम्ममा २८ करोड ५४ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको हो । गत बर्षको सोहि अवधिमा कम्पनीले १७ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो ।

कम्पनीले यस त्रैमाससम्ममा खुद बीमाशुल्क आर्जन २८ प्रतिशतले बढाएर ९५ करोड २९ लाख रुपैयाँ पुराएको छ । गत आर्थिक बर्षको सोहि अवधिम कम्पनीले ७४ करोड ३६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले यस त्रैमासको अवधिसम्ममा एक लाख ३६ हजार ६९६ बीमालेख बिक्रि गरि एक अर्ब ९९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।समिक्षा अवधिमा कम्पनीले ८ हजार ३२ बीमा दाबी वापत ८० करोड ६७ लाख ३६ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ ।

चैत मसान्तसम्मममा कम्पनीले १० करोड ७७ लाख आम्दानी गरेको छ भने पुनर्बीमा कमिशन वापत २२ करोड ३८ लाख रुपैयाँ आम्दानी गरेको छ ।यस अवधिमा कम्पनीले ८ हजार ३२ बीमा दाबी भुक्तानी गरेको छ भने ६ हजार ५४१ बीमा दाबी भुक्तानी गर्न बाँकि रहेको छ।

यस अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब १२ करोड २३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४८ करोड ३४ लाख रुपैयाँ रकम संचित रहेको छ।कम्पनीको प्रतिशेयर आम्दानी ३८ रुपैयाँ २ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २५६.६३ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया दिनुहोस