aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नौं महिनामा प्रभु लाईफको बीमा शुल्क १ अर्बभन्दा बढी, खुद नाफा १४८ प्रतिशत बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ बैशाख २०७८
नौं महिनामा प्रभु लाईफको बीमा शुल्क १ अर्बभन्दा बढी, खुद नाफा १४८ प्रतिशत बढ्यो

काठमाडौं । प्रभु लाईफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको नौं महिना अर्थात तेस्रो त्रैमाससम्म रू. १ अर्ब १३ करोड ९ लाख ९४ हजार कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षभन्दा यस वर्ष ११७ प्रतिशत बढी कम्पनीले बीमाशुल्क आर्जन गरेको हो ।

गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ५२ करोड १० लाख ९५ हजार मात्र यो शुल्क आर्जन गरेको थियो । यस वर्ष कम्पनीले १२ गुणा बढी कुल दाबी भुक्तानी गरेको छ । गत वर्ष ६८ जनालाई रू. ४२ लाख २३ हजार दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष २०४ जनालाई रू. ५ करोड ३४ लाख १९ हजार दाबी भुक्तानी दिएको हो । 

यस वर्ष कम्पनीले १४८ प्रतिशत बढी रू. १३ करोड ७८ लाख ३८ हजार खुद नाफा गरेको छ । गत वर्ष यो अवधिसम्म कम्पनीको खुद नाफा रू. ५ करोड ५५ लाख ४ हजार थियो । १०६ प्रतिशत बढी रू. १८ करोड २० लाख ६ हजार आम्दानी गरेको कम्पनीले यस वर्ष ३५ प्रतिशत बढी रू. ४ करोड ४१ लाख ६८ हजार मात्र खर्च गरेको छ । खर्च भन्दा आम्दानी बढी भएकाले कम्पनीको नाफा बढेको हो । 

मंसिर २९ गतेदेखि पुस २ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरेको कम्पनीको चुक्तापूँजी रू. २ अर्ब पुगेको छ । कम्पनीको जगेडा कोष रकम पनि यस वर्ष १३० प्रतिशत बढेर रू. ३६ करोड ६० लाख ६४ हजार कायम भएको छ । जीवन बीमा कोष रकम पनि १८२ प्रतिशत बढेर रू. १ अर्ब ७६ करोड ५८ लाख २ हजार पुगेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ९ दशमलव १९ र प्रतिशेयर नेटवर्थ रू. ११८ दशमलव ३० रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस