
काठमाडौं । बिहीवार स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा सूचीकृत भएको छ । कम्पनीले उक्त बोनस शेयर वापतको १ लाख ५३ हजार ४२३ दशमलव ६० कित्ता शेयर सूचीकृत गराएको हो । कम्पनीले उक्त बोनस शेयर गत फागुन १३ गते सम्पन्न चौंथो वार्षिक साधारण सभाबाट पारित गराएको थियो ।
बोनस शेयर कर प्रयोजनका लागि कम्पनीले यस वर्ष १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश समेत दिएको छ । लाभांश प्रयोजनका लागि माघ ३० गते बुक क्लोज गरेको कम्पनीको लाभांश माघ २९ गतेसम्म कायम शेयरधनीहरुले मात्र पाएका छन् ।
आइतवारदेखि कारोबार योग्य हुने कम्पनीको बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस