aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

घलेम्दी हाईड्रोको साधारणसभा सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ बैशाख २०७८
घलेम्दी हाईड्रोको साधारणसभा सम्पन्न

काठमाडौं । घलेम्दी हाईड्रो लिमिटेडको सातौं वार्षिक साधारणसभा बिहीबार  कम्पनीको केन्द्रिय कार्यलय बनस्थली काठमाडौंमा सम्पन्न भएको छ ।
कम्पनीका अध्यक्ष किशोर सुवेदीको अध्यक्षतामा भर्चुअल माध्यमबाट सम्पन्न भएको वार्षिक साधारणसभामा स्वागत मन्तव्य कम्पनीका सञ्चालक नारायण बाबु अधिकारीले गरेका थिए भने कार्यक्रमको सञ्चालन कम्पनीका सचिव अनिल पौडलले गरेका थिए ।

साधारण सभाले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । त्यसैगरी सभाले आ।व २०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सो सम्बन्धित अनुसूचीहरु उपर छलफल गरि पारित गरेको छ । सभाले लेखापरीक्षकको नियुक्ति गर्नुको साथै निजको पारिश्रमिक समेत तोकेको छ ।

कोरोना प्रकोपका कारण भौतिक रुपमा सभामा उपस्थित हुन नसकिने भएपछि कम्पनीका संचालकहरु उत्तम प्रसाद बैंध, प्रमोद श्रेष्ठ, टंक प्रसाद बरुवाल, शरद राज श्रेष्ठ, मनिसा प्रधान र राजु कुमार शर्मा समेत भर्चुअल माध्यमबाट सहभागि भएका थिए भने कम्पनीका सेयरधनीहरुले समेत भर्चुअल माध्यमबाट नै सभामा सहभागिता जनाएका थिए ।

साधारणसभा होटल मुनलाईट, पक्नाजोल, काठमाडौंमा  हुने स्थान तय भएपनि कोभिडका कारण कम्पनीले आफ्नै भवनमा सम्पन्न गरेको हो ।  

प्रतिक्रिया दिनुहोस