
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले हकप्रद शेयरमा जेठ २ गतेसम्म आवेदन दिन सकिने भएको छ । बैशाख ६ गते निष्कासन गरेको कम्पनीको हकप्रद शेयरमा २६ गते सम्म आवेदन दिने सकिने मिति तय भएकोमा हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै अवधि थप गरेको हो ।
कम्पनीले ५० प्रतिशत दरको प्रतिशेयर रू. १०० अंकित मूल्यमा ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो । हाल कायम चुक्तापूँजी रू. १ अर्ब ४ करोड ८२ लाख ३९ हजार ४०० को आधारमा कम्पनीले १ बराबर शून्य दशमलव ५ को अनुपातमा उक्त हकप्रद शेयर विक्री गर्न लागेको हो ।
हकप्रद शेयर पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५२ करोड २४ लाख भन्दा बढी पुग्नेछ । यो हकप्रद शेयरमा २०७७ चैत ८ गते सम्म कायम शेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थासँगै मेरो शेयरबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस