aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

युनिक नेपाल लघुवित्तको विशेष साधारण सभाको मिति सर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ बैशाख २०७८
युनिक नेपाल लघुवित्तको विशेष साधारण सभाको मिति सर्यो

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको पहिलो विशेष साधारण सभाको मिति सरेको छ । यस अघि बैशाख २५ गतेका लागि तय गरिएको सभा जेठ ४ गतेका लागि सारिएको हो ।

कम्पनीका अध्यक्ष र कार्यकारी निर्देशक दुबै जना कोभिडको कारण अस्वस्थ भएकाले पूर्व निर्धारित विषयवस्तु यथावत रहने गरी सभाको मिति सारिएको कम्पनीले सुचना मार्फत जानकारी दिएको छ । सभा विहान ११ बजे हुनेछ ।

घोडाघोडी लघुवित्त वित्तीय संस्थासँग मर्जरको प्रस्ताव पारित गर्न कम्पनीले विशेष साधारण सभा गर्न लागेको हो । राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था बनाउन प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन तथा भविश्यमा अन्य कुनै लघुुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रयोजन गर्न आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालन समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस