aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

प्रुडेन्सियल इन्स्योरेन्सको खुद नाफा करिब १३ करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ बैशाख २०७८
प्रुडेन्सियल इन्स्योरेन्सको खुद नाफा करिब १३ करोड

काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनासम्म प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले रू. १२ करोड ७३ लाख ११ हजार खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा साढे ४० प्रतिशत बढी हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ९ करोड ६ लाख १३ हजार खुद नाफा गरेको थियो । 

यस वर्ष कम्पनीको कुल आम्दानी ३७ दशमलव ३५ प्रतिशत बढेको छ । गत वर्ष रू. १५ करोड ६९ लाख १९ हजार कुल आम्दानी गरेको कम्पनीले यस वर्ष रू. २१ करोड ५५ लाख ४३ हजार कुल आम्दानी गरेको हो । गत वर्ष रू. ६ करोड ६३ लाख ६ हजार कुल खर्च भएको कम्पनीको यस वर्ष रू. ८ करोड ८२ लाख ३२ हजार खर्च भएको छ ।

६० प्रतिशत हकप्रद शेयर मार्फत पूँजी बृद्धि गरी रू. १ अर्ब २ करोड ६४ लाख ३२ हजार पुगेको छ । कम्पनीको जगेडा कोष रकम पनि यस वर्ष १४ प्रतिशत बढी रू. २६ करोड १४ लाख ५१ हजार कायम भएको छ । बीमा कोष रकम पनि १७ प्रतिशत बढेर रू. ६० करोड ५ लाख ८६ हजार पुगेको छ ।

यस वर्ष कम्पनीले रू. १ अर्ब ५ करोड ६८ लाख ७५ हजार कुल बीमाशुल्क आर्जन गरेको छ भने रू. ४८ करोड ४५ लाख ५९ हजार कुल दाबी भुक्तानी गरेको छ । कुल बीमाुशल्क आर्जन रकम गत वर्षभन्दा यस वर्ष २८ प्रतिशत बढेको हो भने कुल दाबी भुक्तानी रकम २० प्रतिशत घटेको हो ।

गत वर्ष ८९ हजार ५४ बीमालेख जारी गरेको कम्पनीले यस वर्ष १ लाख २७ हजार ४७३ बीमालेख जारी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी यो अवधिसम्म रू. १६ दशमलव ५४ र प्रतिशेयर नेटवर्थ रू. १८९ दशमलव ३० रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस