aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

हुण्डाईद्वारा गण्डकी प्रदेश सरकारलाई ५० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ बैशाख २०७८
हुण्डाईद्वारा गण्डकी प्रदेश सरकारलाई ५० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

पोखरा । नेपालको लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारीक विक्रेता लक्ष्मी हुण्डाईले हुण्डाई मोटर कम्पनी,  कोरियाको सौजन्यमा रु। ५० लाख बराबरका कोविड–१९ उपचार का बेला चाहिने PPE लगायतका आवश्यक स्वास्थ्य सामग्री हरु गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयलाई बैशाख २४ गते आयोजना गरिएको एक कार्यक्रममा हस्तान्तरण गरिएको छ ।  

हाल विश्व भरी फैलिदै गरेको कोरोना भाईरस (कोविड–१९) को संक्रमण  रोक्थाममा मद्दत गर्नका लागि सो स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको हो । यस्को मुल उदेश्य आवश्यकता परेका बिरामीहरुलाई समयमा र सही तरिकाले उपचार प्रदान गर्नु रहेको छ । लक्ष्मी हुण्डाईले सधैें यस्ता परोपकारी उद्देश्यहरुलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्दै आइरहेका छन् ।

लक्ष्मी ग्रुपले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा  १ करोड रुपैयाँ सहयोग का  साथै Fever Clinic स्थापना लागि आर्थिक सहयोग गरेको थियो । 

  ग्रुपका केहि उल्लेखनीय समर्थन, २०१५ को महा भूकम्पमा नेपाल रेडक्रसलाई सहयोग, ललितपुरमा सेरेब्रल पाल्सी सेन्टर,  चन्द्रोदय आधारभूमि विद्यालय, गोरखाको पुनर्निर्माण, बिन्द्याबासिनी मन्दिर, पोखरामा लिफ्ट निर्माण र अन्य विभिन्न सामाजिक कार्यहरुमा रहेका छन् । लक्ष्मी हुण्डाइ लक्ष्मी ग्रुपको भगीनी संस्था हो ।

लक्ष्मी हुण्डाईले यस विषम परिस्थितीमा एकता र खाँचोमा परेका मानिस र समुदायहरुको मद्दत गर्नमा विश्वास गर्दछ साथै, आफ्नो कम्पनीको “मानवताको प्रगति“ को प्रतिज्ञा तर्फ दृढ प्रतिबद्धता देखाउदै आएको छ  । 
 

प्रतिक्रिया दिनुहोस