aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सूर्या लाइफ इन्स्योरेन्सको बोनस शेयर सुचिकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २५ बैशाख २०७८
सूर्या लाइफ इन्स्योरेन्सको बोनस शेयर सुचिकृत

काठमाडौं । शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५ प्रतिशत बोनस शेयर सुचिकृत भएको छ । कम्पनीको उक्त बोनस शेयर वापतको १० लाख ७७ हजार ५६९ कित्ता शेयर सुचिकृत गराएको हो । 

आइतवारदेखि कारोबारयोग्य हुने यो शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् । कम्पनीको गत माघ ५ गते सम्पन्न वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर पारित भएको हो । 
 

प्रतिक्रिया दिनुहोस