aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

युनाइटेड इन्स्योरेन्सको खुद नाफा ३३५ प्रतिशत बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २५ बैशाख २०७८
युनाइटेड इन्स्योरेन्सको खुद नाफा ३३५ प्रतिशत बढ्यो

काठमाडौं ।  चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म युनाइटेड इन्स्योरेन्स कम्पनीले रू.५ करोड २७ लाख ५७ हजार खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १ करोड २१ लाख ३० हजार यो नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ३३५ प्रतिशत बढेको हो । यस वर्ष कम्पनीको आम्दानी गत वर्षभन्दा २०४ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष रू. ३ करोड २२ लाख आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ९ करोड ८२ लाख आम्दानी गरेको हो । 

यस वर्ष कम्पनीले रू. ८७ करोड ८६ लाख ९८ हजार कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको कुल बीमाशुल्क आर्जन रकम ७१ प्रतिशतले वृद्धि भएको हो । गत वर्ष कम्पनीले रू. ५१ करोड २१ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो ।

हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब २ करोड ८१ लाख रहेको छ भने जगेडा कोष रकम रू. ११ करोड १८ लाख ७२ हजार कायम भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ५ दशमलव १३ र प्रतिशेयर नेटवर्थ रू. १४४ दशमलव ०१ रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस