aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

आज हुने भनिएको जनरल इन्स्योरेन्सले साधारण सभा स्थगित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ बैशाख २०७८
आज हुने भनिएको जनरल इन्स्योरेन्सले साधारण सभा स्थगित

 काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले वैशाख २६ गतेका लागि बोलाएको तेस्रो वार्षिक साधारण सभा स्थगित गरेको छ । कम्पनीको बैशाख २४ गतेको सञ्चालक समितिको बैठकले कोरोनाका कारण अर्को सुचना जारी नभएसम्मका लागि सभा स्थगित गर्ने निर्णय गरेको हो । 

कम्पनीको केन्द्रिय कार्यालय, हात्तिसार , काठमाडौंमा विहान ११ बजे सभा बोलाईएको थियो । सर्वसाधारण शेयरधनीहरुलाई आईपीओ जारी गरेपछि पहिलो पटक कम्पनीले वार्षिक साधारण सभा गर्न लागेको हो । यस कम्पनीले असोज ११ देखि १४ गतेसम्म आईपीओ विक्री गरी असोज २० गते बाँडफाँट गरेको थियो । 

सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्गो लगाउँनेछ । साथै सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने गरी एक महिला सहित दुई सञ्चालकको निर्वाचन समेत सभाले अनुमोदन गराउँने कार्यक्रम थियो । 

सञ्चालनक निर्वाचनका लागि उमेदवारी दर्ताको कार्यक्रम भने हालसम्मको दर्ता प्रकृयालाई यथावत राखी बाँकी कार्यक्रम स्थगित गरेको समेत कम्पनीले जानकारी दिएको छ । सभा प्रयोजनका लागि वैशाख १० गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा वैशाख ९ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन योग्य भएका छन्् । 
 

प्रतिक्रिया दिनुहोस