
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक २१ दशमलव ९७ अंक घटेको छ । कारोबारको २० मिनेटको अवधिसम्म नेप्से परिसूचक २ हजार ६१६ दशमलव १५ विन्दुमा झरेको हो ।
घटिरहेको बजारमा रू रू जलविद्युत परियोजनाको शेयरमूल्य भने सर्वाधिक ९ दशमलव ८२ प्रतिशत बढेको छ । प्रतिकित्ता रू. ४९ ले बढेर रू रू जलविद्युत परियोजनाको शेयरमूल्य रू. ५४८ पुगेको हो । यस अवधिसम्म विक्री कर्ता शुन्य रहेको कम्पनीको ४ लाख १३ हजार ३८ कित्ता शेयर खरिद माग रहेको छ ।
प्रतिक्रिया दिनुहोस