
काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म राधी विद्युत कम्पनीले रू. ६ करोड २६ लाख २४ हजार खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म यो नाफा रू. ५ करोड ७४ लाख ४६ हजार थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ९ प्रतिशत बढेको हो ।
यस वर्ष कम्पनीको सञ्चालन नाफा ३ प्रतिशतले घटेको छ । गत वर्ष रू. ८ करोड ३२ लाख १२ हजार सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ८ करोड ४ लाख १ हजार मात्र यो नाफा गरेको हो । विद्युत विक्री आम्दानी ५ दशमलव ६४ प्रतिशत घट्दा सञ्चालन नाफा घटेको हो । गत वर्ष रू. १२ करोड १६ लाख १ हजार विद्युत विक्रीबाट आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ११ करोड ४७ लाख ३२ हजार ३२ हजार गरेको छ ।
कम्पनीको कुल सम्पत्ति रू. ९९ करोड १३ लाख ४७ हजार पुगेको छ । गत वर्ष यस अवधिसम्म कुल सम्पत्ति रकम रू. ९७ करोड १ लाख २ हजार थियो । गत वर्ष यो अवधिसम्म रू. ४ करोड ४७ लाख ६१ हजार कर्जा सापटी लिएको कम्पनीले यस वर्ष रू. ४ करोड ४६ लाख ९७ हजार लिएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ४७ करोड ३५ लाख ५६ हजार छ भने जगेडा कोष रकम रू. २४ करोड ५५ लाख ६० हजार रहेको छ ।कम्पनीको प्रतिशेयर आम्दानी रू. १७ दशमलव ६३ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. १५१ दशमलव ८५ छ ।
प्रतिक्रिया दिनुहोस