aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

तेस्रो त्रैमाससम्म अपर तामाकोशी हाइड्रोपावर साढे ३ करोड नोक्सानीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ बैशाख २०७८
तेस्रो त्रैमाससम्म अपर तामाकोशी हाइड्रोपावर साढे ३ करोड नोक्सानीमा

 काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म अपर तामाकोशी हाइड्रोपावर लिमिटेड रू. ३ करोड ५० लाख २८ हजार खुद नोक्सानीमा रहेको छ । गत वर्षको यस अवधिको तुलनामा कम्पनीको नोक्सानी रकम घटेको हो । गत वर्ष कम्पनीले रू. ४ करोड ४४ लाख ९६ हजार खुद नोक्सानीमा थियो ।

विद्युत विक्री सुरु गरिनसकेको कम्पनीले यस वर्ष अन्य श्रोतबाट रू. १ लाख ३० हजार आम्दानी गरेको छ । कम्पनीले नेपाल विद्युत प्राधिकरण मार्फत रू. १३ अर्ब बराबरको दिर्घकालिन ऋण यस वर्ष प्राप्त गरेको छ । कुल सम्पत्ति रू. ८४ अर्ब ८८ करोड ८३ लाख ९७ हजार रहेको कम्पनीको चुक्तापूँजी रू. १० अर्ब ५९ करोड रहेको छ । 

तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रू. ८२ करोड ५६ लाख २२ हजार ऋणात्मक रहेको छ । प्रतिशेयर नेटवर्थरू. ९२ दशमलव २० रहेको कम्पनीको प्रतिशेयर आम्दानी रू. शून्य दशमलव ३३ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस