aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

अर्को चिनिया सिमेन्ट संचालनको तयारी, २०४ जना कर्मचारीको माग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ असार २०७६
अर्को चिनिया सिमेन्ट संचालनको तयारी, २०४ जना कर्मचारीको माग्यो

काठमाडौं । होङ्गशी सिमेन्ट पछिको अर्को चिनिया सिमेन्ट हुवासिन सिमेन्टले उद्योग पूर्वाधारको काम संचालन गरिएको छ । यस नयाँ चिनिया सिमेन्टले २०४ जना कर्मचारीको माग गरेको छ ।

यस कम्पनीले चाइनिज भाषा जानेका लागि उच्च प्राथमिकतामा राखेको छ । सबैभन्दा बढि फर्कलिफ्ट ड्राइभर मागिएकोे छ । यसमा कम्पनीले ३० जना कर्मचारी चाहिने जनाएको छ । कुल ४५ विभागमा कर्मचारी माग गरिएको छ । मेसिन रिपेयर वर्कसपमा २४ जना मागेका छन् ।

कम्पनीले उच्च माध्यमिक अध्ययनदेखि स्नातकोत्तरसम्मका लागि जागिर खुलाएको छ । कतिपय जागरिका लागि भने अनुभव पनि मागिएको छ । काम गर्ने स्थान भने धादिङ हुने छ ।

कम्पनीले धादिङको पानीखर्क क्षेत्रमा करिब ५०० रोपनी जग्गामा उद्योगको काम गरिरहेको छ । कम्पनीले ‘एक्सेस रोड’सँगै उद्योग स्थापनाको काम गरिरहेको छ । पाँच सय कामदारले उद्योग पूर्वाधारको काम गरिरहेको छ । आधा नेपाली र आधा चिनियाँ कामदारले काम गरिरहेको छ। पुससम्म उद्योग पूर्वाधारको काम सक्ने लक्ष्य लिइएको छ ।

हुवासिन नेपालको सिमेन्ट उद्योगमा साढे १४ अर्ब रुपैयाँ लगानी गर्दैछ । यो उद्योगको नेपाली साझेदार नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्य हुन् । खानी विभागले गत वर्ष वैशाखमा खनिजको लागि भन्दै न्यूनतम सात लाख रुपैयाँ मूल्य राखेर विश्वव्यापी टेण्डर आह्वान गर्दा मकवानपुर र धादिङमा रहेको पानीखर्क चुनखानीको लागि हुवासिनले ६० करोड रुपैयाँ बोलकबोल गरेको थियो । यो खानीलाई नेपाली उद्योगीले अधिकतम १२ करोड रुपैयाँसम्म मात्र प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया दिनुहोस