
काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म गुराँस लाईफ इन्स्योरेन्सले रू. ३ अर्ब ४ करोड ९२ लाख ५४ हजार कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीले १२२ दशमलव ६८ प्रतिशत बढी कुल बीमाशुल्क आर्जन गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १ अर्ब ३६ करोड ९३ लाख १५ हजार कुल बीमाशुल्क आर्जन गरेको थियो ।
यस वर्ष कम्पनीले २४ दशमलव ५१ प्रतिशत बढी खुद नाफा गरेको छ । गत वर्ष रू. ८ करोड ३७ लाख ६० हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. १० करोड ४२ लाख ९३ हजार यो नाफा गरेको हो । गत वर्षभन्दा यस वर्ष कम्पनीको कुल आम्दानी ४० प्रतिशत र कुल खर्च ८४ प्रतिशत बढी भएको छ । कम्पनीले यस वर्ष रू. १५ करोड ८० लाख ६३ हजार कुल आम्दानी र रू. ५ करोड ३७ लाख ७० हजार कुल खर्च गरेको हो ।
हकप्रद र बोनस शेयर मार्फत पूँजी बृद्धि गरी रू. १ अर्ब ९७ करोड ५५ लाख ८५ हजार कायम भएको छ । कम्पनीको जगेडा कोष रकम पनि गत वर्षभन्दा यस वर्ष ४२ दशमलव ७९ प्रतिशत बढी छ । गत वर्ष रू. ३६ करोड ६३ लाख ४३ हजार रहेको जगेडा कोष रकम यस वर्ष रू. ५२ करोड ३१ लाख १४ हजार पुगेको हो । बीमा कोष रकम पनि ४२ प्रतिशत बढी रू. १० अर्ब ११ करोड ९३ लाख ५७ हजार कायम भएको छ ।
कम्पनीले बीमालेख धितोमा रू. ९७ करोड ६ लाख ५९ हजार प्रवाह गरेको छ । गत वर्षभन्दा यस वर्ष बीमालेख धितोकर्जा ९३ दशमलव ४६ प्रतिशत बढी प्रवाह भएको हो । वार्षिक प्रतिशेयर आम्दानी रू. ७ दशमलव शून्य ४ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १२९ दशमलव ३१ रहेको छ ।
प्रतिक्रिया दिनुहोस