aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

साञ्जेन जलविद्युत २ करोडभन्दा बढी नोक्सानीमा , जगेडा कोष १५ करोडभन्दा बढी ऋणात्मक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ बैशाख २०७८
साञ्जेन जलविद्युत २ करोडभन्दा बढी नोक्सानीमा , जगेडा कोष १५ करोडभन्दा बढी ऋणात्मक

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म साञ्जेन जलविद्युत कम्पनी लिमिटेड रू. २ करोड १२ लाख ६० हजार खुद नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म रू. १ करोड ५ लाख २ हजार नोक्सानीमा रहेको कम्पनीको यस वर्ष सोही अवधिसम्मको नोक्सानी रकममा बृद्धि भएको हो ।

कम्पनीले रसुवा जिल्लामा १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन जलविद्युत आयोजना र ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कुल ५७ दशमलव ३ मेगावाट क्षमताका आयोजनाहरु निर्माणको अन्तिम चरणमा रहेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार माथिल्लो साञ्जेनको करिब ९० प्रतिशत र साञ्जेन जलविदुतको ७९ प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको छ । हालसम्मको अवस्था र कार्य प्रगतिको आधारमा माथिल्लो साञ्जेन जलविद्युत आयोजना आयोजना आगामी पुस मसान्तसम्म र साञ्जेन जलविद्युत आयोजना २०७९ असार मसान्तसम्म सम्पन्न हुने अनुमान कम्पनीको छ ।

आयोजना प्रभावित स्थानियमा १० प्रतिशत शेयर जारी गर्न बाँकी रहेको यस कम्पनीको हाल रू. ३ अर्ब २८ करोड ५० लाख रहेको छ । गत वर्षनै स्थानियमा आईपीओ जारी गर्ने योजना रहेपनि कोभिडका कारण ढिलाई भएको जानकारी कम्पनीले गराएको छ । स्थानियमा रू. ३६ करोड ५० लाख बराबरको आईपीओ जारी हुनेछ ।

स्थानियमा आईपीओ जारी पश्चात कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ६५ करोड कायम हुनेछ । खुद नोक्सानीमा रहेको कम्पनीको जगेडा कोष रकम पनि रू. १५ करोड ८७ लाख ४० हजार ऋणात्मक रहेको छ । कम्पनीले अल्पकालिन ऋण तथा सापटी यस वर्ष रू. ३५ करोड लिएको छ । प्रतिशेयर आम्दानी रू. शून्य दशमलव ८६ ऋणात्मक रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ९५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस