aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

३१ प्रतिशतले पूँजी बढाएको नेपाल लाईफको नाफा ५० करोडभन्दा बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० बैशाख २०७८
३१ प्रतिशतले पूँजी बढाएको नेपाल लाईफको नाफा ५० करोडभन्दा बढी

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रू. ५० करोड ६६ लाख ६८ हजार खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ८ दशमलव ३६ प्रतिशत बढी भएको हो । गत वर्ष कम्पनीले रू. ४६ करोड ७५ लाख ७६ हजार यो नाफा गरेको थियो ।

गत वर्षभन्दा साढे ६ प्रतिशत कम रू. ७४ करोड ६६ लाख २६ हजार कुल आम्दानी गरेको कम्पनीको खर्च पनि गत वर्षभन्दा साढे २७ प्रतिशत कम रू. २३ करोड ९९ लाख ५८ हजार भएको छ । ३१ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बृद्धि गरी रू. ७ अर्ब १९ करोड ९९ लाख ७० हजार पु¥याएको कम्पनीले शेयर खण्डिकरणको योजना बनाएको छ । कम्पनीले प्रतिशेयर रू. ५० कायम गरि शेयर खण्डिकरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरेको छ ।

यस वर्ष गत वर्षभन्दा जगेडा कोष रकम भने ५८ दशमलव ८८ प्रतिशत घटेको छ । गत वर्ष रू. २ अर्ब ७३ करोड २१ लाख ७३ हजार रहेको जगेडा कोष रकम यस वर्ष रू. १ अर्ब १२ करोड ३४ लाख ३६ हजार पुगेको छ । जीवन बीमा कोष रकम पनि गत वर्षभन्दा ३२ प्रतिशत बढी रू. १ खर्ब ७ अर्ब ६१ करोड ७७ लाख २४ हजार कायम भएको छ । 

गत वर्षभन्दा ३५ दशमलव ८७ प्रतिशत बढी रू. २५ अर्ब ३७ करोड ४८ लाख ३४ हजार कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले गत वर्षभन्दा ५० प्रतिशत बढी रू. ७ अर्ब १४ करोड ७१ लाख ७३ हजार कुल दाबी भुक्तानी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी यस अवधिसम्म रू. ९ दशमलव ३८ र प्रतिशेयर नेटवर्थ रू. १२३ दशमलव ९२ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस