aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सानिमा जनरल इन्स्योरेन्सको साधारण सभा स्थगित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० बैशाख २०७८
सानिमा जनरल इन्स्योरेन्सको साधारण सभा स्थगित

 काठमाडौं । जेठ ११ गतेको लागि तय गरेको सानिमा जनरल इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीको बैशाख २९ गतेको सञ्चालक समितिको बैठकले अर्को सुचना नभएसम्मको लागि स्थगित गर्ने निर्णय गरेको हो । यसै बर्ष सर्वसाधारणमा आईपीओ जारी गरेको सानिमा जनरल इन्स्योरेन्सले अम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौंमा विहान १० ः३० बजे सभा गर्ने तयारी गरेको थियो । 

सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट दुई जना सञ्चालन निर्वाचन गर्ने कार्यक्रम समेत थियो । साधारण सभा प्रयोजनका लागि कम्पनीले बैशाख २९ गतेदेखिको बुक क्लोजको मिति भने यथावत रहने कम्पनीको भनाई छ । बुक क्लोजको आधारमा बैशाख २८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभाभा भाग लिन योग्य हुनेछन् । 

प्रतिक्रिया दिनुहोस