aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सिईडिबि हाइड्रोपावरको आईपीओ आज बाँडफाँट हुदैं

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ बैशाख २०७८
सिईडिबि हाइड्रोपावरको आईपीओ आज बाँडफाँट हुदैं

काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ आज बाँडफाँट हुने भएको छ । आईपीओ विक्री प्रबन्धक सन्राइज क्यापिटलको कार्यालयमा अहिले विहान आईपीओ बाँडफाँटको कार्यक्रम तय भएको हो । 

कम्पनीले बैशाख १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरेको थियो । कम्पनीले रू. २५ करोड १८ लाख २३ हजार बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ सर्बसाधारणमा वितरण गर्न लागेको हो । यसमध्य कम्पनीले २ प्रतिशतका दरले ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो ।

विक्री प्रबन्धक सन्राइज क्यापिटलका अनुसार यस आईपीओमा १६ लाख ३७ हजार ६५९ जना आवेदकहरुबाट २ करोड ४६ लाख ४५ हजार ७३५ कित्ता शेयर खरिदको लागि आवेदन परेको छ । जुन मागभन्दा १० दशमलव ५२ गुणा बढी आवेदन हो । कम्पनीको सार्वजनिक निष्कासन मार्फत विक्री गरेको आईपीओ २ लाख ३४ हजार १९५ जनाले मात्रै न्यूनतम १० कित्ताका दरले प्राप्त गर्नेछन् ।

हाल रू. ५८ करोड ७५ लाख ८७ हजार चुक्तापूँजी रहेको कम्पनीको सर्वसाधारणमा शेयर जारी बाँडफाँट पश्चात यो पूँजी रू. ८३ करोड ९४ लाख १० हजार पुग्नेछ । कम्पनीद्वारा प्रबर्धित साङ्गे जलविद्युत आयोजना र राधि जलविद्युत आयोजनाले विद्युत उत्पादन गरिरहेका छन् भने तल्लो खारे खोला जलविद्युत आयोजना, दोर्दी १ जलविद्युत आयोजना र रुकुमगाडा जलविद्युत आयोजना निर्माणधिन अवस्थामा रहेका छन् । 

यस कम्पनीले ४५ मेगावाट क्षमताको कसुवा खोला जलविद्युत आयोजना प्रबर्धनका लागि लगानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा चुक्तापूँजी बृद्धि गरी रू. ८८ करोड १३ लाख ८० हजार पु¥याउने प्रक्षेपण गरेको छ । आगामी आर्थिक वर्षभित्र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रक्षेपण कम्पनीको रहेको छ । आर्थिक वर्ष ०७६÷७७ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. १३८ दशमलव ७९ रहेको छ । सोही प्रतिशेयर नेटवर्थको आधारमा कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले तीन गुणासम्मको लागि मूल्य तोक्नेछ । 
 

प्रतिक्रिया दिनुहोस