aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नाडेप लघुवित्तको स्थगित साधारण सभा जेठ २३ गतेका लागि तय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ बैशाख २०७८
नाडेप लघुवित्तको स्थगित साधारण सभा जेठ २३ गतेका लागि तय

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ ७ गते स्थगित गरेको छैटौं वार्षिक साधारण सभा जेठ २३ गतेको लागि तय गरेको छ । रानीबन पार्टी प्यालेस एण्ड रेष्टुरेण्ट नागार्जुन, काठमाडौंमा भर्चुअल माध्यमबाट विहान ११ बजे सभा बोलाईएको हो । 

सभाले गत आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालू आर्थिका वर्षको लागि लेखा परिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई टुङ्गो लगाउँनेछ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले प्राप्ती गर्न लागेको यस कम्पनीको शेयर कारोबार गत पुस १६ गतेदेखि रोक्का रहेको छ । 

यस आधारमा साधारण सभाको लागि बुक क्लोजको मिति पनि कम्पनीले सोही बमोजिम हुने जानकारी दिएको छ । पुस १६ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् । 
 

प्रतिक्रिया दिनुहोस