aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सिईडिबि हाइड्रोपावरको आईपीओ बाँडफाँट, चार जनाले पाए ११ कित्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ बैशाख २०७८
सिईडिबि हाइड्रोपावरको आईपीओ बाँडफाँट, चार जनाले पाए ११ कित्ता

काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ आज बाँडफाँट भएको छ । आईपीओ विक्री प्रबन्धक सन्राइज क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट गरिएको हो । क्यापिटलले कोभिडको जोखिमलार्ई ध्यानमा राखी थोरै जनाको मात्र उपस्थितिमा बाँडफाँट कार्यक्रम आफ्नो अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी आईपीओ बाँडफाँट गरेको हो । 

कम्पनीको आईपीओ २ लाख ३४ हजार १९५ जनाले १० कित्ताका दरले पाएका छन् । यी मध्य थप ४ जनाले थप एक कित्ताका दरले ११ कित्ता शेयर हात पारेका छन् । कम्पनीको आईपीओका लागि परेको आवेदनमध्य १६ लाख ८५ हजार ६२७ जनाको आवेदनमात्र योग्य भएको क्यापिटलको भनाई छ । कुल १६ लाख ९० हजार ६९ जना आवेदकमध्य ४ हजार ४४२ जनाको आवेदन रद्ध भएको छ ।  

आईपिओको नतिजा सिडीएसको वेबसाइट https://iporesult.cdsc.com.np, मेरोशेयर बाट र सनराइज क्यापिटलको वेबसाइटबाट हेर्न सकिन्छ । 

कम्पनीले बैशाख १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरेको थियो । कम्पनीले रू. २५ करोड १८ लाख २३ हजार बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ सर्बसाधारणमा वितरण गरेको हो । यसमध्य कम्पनीले २ प्रतिशतका दरले ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी २३ लाख ४१ हजार ९५४ कित्ता अन्य सर्वसाधारणमा बाँडफाँट गरेको हो । 

हाल रू. ५८ करोड ७५ लाख ८७ हजार चुक्तापूँजी रहेको कम्पनीको सर्वसाधारणमा शेयर जारी बाँडफाँट पश्चात यो पूँजी रू. ८३ करोड ९४ लाख १० हजार पुगेको छ । कम्पनीद्वारा प्रबर्धित साङ्गे जलविद्युत आयोजना र राधि जलविद्युत आयोजनाले विद्युत उत्पादन गरिरहेका छन् भने तल्लो खारे खोला जलविद्युत आयोजना, दोर्दी १ जलविद्युत आयोजना र रुकुमगाडा जलविद्युत आयोजना निर्माणधिन अवस्थामा रहेका छन् । यस कम्पनीले ४५ मेगावाट क्षमताको कसुवा खोला जलविद्युत आयोजना प्रबर्धनका लागि लगानी गरेको छ । 

कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा चुक्तापूँजी बृद्धि गरी रू. ८८ करोड १३ लाख ८० हजार पु¥याउने प्रक्षेपण गरेको छ । आगामी आर्थिक वर्षभित्र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रक्षेपण कम्पनीको रहेको छ । आर्थिक वर्ष ०७६/७७ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. १३८ दशमलव ७९ रहेको छ । सोही प्रतिशेयर नेटवर्थको आधारमा कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले तीन गुणासम्मको लागि मूल्य तोक्नेछ । 
 

प्रतिक्रिया दिनुहोस