aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

दुई कम्पनीले आईपीओ निष्कासनका लागि बोर्डमा दिए निवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ बैशाख २०७८
दुई कम्पनीले आईपीओ निष्कासनका लागि बोर्डमा दिए निवेदन

काठमाडौं । पछिल्लो समय दुई कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । मानुषी लघुवित्त वित्तीय संस्था र दोर्दी खोला जलविद्युत कम्पनीले पछिल्लो समय आइपीओ निष्कासन गर्नका बोर्डमा निवेदन दिएका हुन । 

मानुषी लघुवित्तले बैशाख १३ गते र दार्दी खोला जलविद्युत कम्पनीले बैशाख २१ गते आइपीओ निष्कासनको निवेदन दर्ता गराएका हुन । मानुषी लघुवित्तले ३ लाख ९३ हजार ७५० कित्ता र दोर्दी खोला जलविद्युत कम्पनीले २९ लाख ५१ हजार ९२९ कित्ता आइपीओ निष्कासनको तयारी गरेका हुन । 

मानुषी लघुवित्तको आईपीओ विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड र दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस