aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अरुण भ्याली हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन गर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०२ जेठ २०७८
अरुण भ्याली हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन गर्ने आज अन्तिम दिन

काठमाडौं । बैशाख ६ गतेदेखि विक्री खुला भएको अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले ५० प्रतिशत दरको प्रतिशेयर रू. १०० अंकित मूल्यमा ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो । 

हाल कायम चुक्तापूँजी रू. १ अर्ब ४ करोड ८२ लाख ३९ हजार ४०० को आधारमा कम्पनीले १ बराबर शून्य दशमलव ५ को अनुपातमा उक्त हकप्रद शेयर विक्री गर्न लागेको हो । 

हकप्रद शेयर पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५२ करोड २४ लाख भन्दा बढी पुग्नेछ । यो हकप्रद शेयरमा २०७७ चैत ८ गते सम्म कायम शेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थासँगै मेरो शेयरबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस