aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

आईपीओ निष्कासनको प्रस्ताव सहित सानिमा लाईफले डाक्यो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०२ जेठ २०७८
आईपीओ निष्कासनको प्रस्ताव सहित सानिमा लाईफले डाक्यो साधारण सभा

काठमाडौं । आईपीओ निष्कासनको प्रस्ताव सहित सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले जेठ २३ गते तेस्रो वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको प्रधान कार्यालय कमलादी, काठमाडौंमा विहान ११ बजे सभा आव्हान गरिएको हो । कोभिड महामारीको जोखिमलाई ध्यानमा राखी सभा भर्चुअल माध्यमबाट गर्ने तयारी कम्पनीको छ । 

आईपीओ पस्ताव सहित आर्थिक वर्ष ०७५÷७६ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरणहरु पारित गर्दै सभाले गत आर्थिक वर्ष ०७६÷७७ को लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ । 

साथै, सञ्चालन समितिको सदस्यहरुको बैठक भक्ता तथा अन्य सुविधाहरुको पुनरावलोकन गर्ने विषयमा पनि सभाका लागि तय भएको छ ।
 

प्रतिक्रिया दिनुहोस