aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

राधी विद्युतले प्रस्ताव गर्यो लाभांश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ जेठ २०७८
राधी विद्युतले प्रस्ताव गर्यो लाभांश

काठमाडौं । राधी विद्युत कम्पनीले ३६ दशमलव ५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको जेठ २ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६/७७ को संचित मुनाफबाट हाल कायम चुक्तापूँजीको आधारमा ३६ दशमलव ५० प्रतिशत बानेस शेयर वितरणको प्रस्ताव गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू. ४७ करोड ३५ लाख ५६ हजार ५०० रहेको छ । सोही पूँजीको आधारमा कर वाहेक उक्त बोनस शेयर वितरण गर्ने निर्णय कम्पनीले गरेको हो । यो लाभांश कम्पनीको आगामी १५ औं वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस