aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

नेशनल लाइफ इन्स्योरेन्सको सीईओमा खत्री नियुक्त, बीमा क्षेत्रमा दुई दशकको कार्य अनुभव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ जेठ २०७८
नेशनल लाइफ इन्स्योरेन्सको सीईओमा खत्री नियुक्त, बीमा क्षेत्रमा दुई दशकको कार्य अनुभव

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कायकारी अधिकृतमा सुरेश प्रसाद खत्रीको  नियुक्तीलाई नियमनकारी निकाय बीमा समितिले स्वीकृत प्रदान गरेको छ। कम्पनीको  संचालक समिति बैंठकले प्रमुख कार्यकारी अधिकृतमा सुरेश प्रसाद खत्रीलाई नियुक्त गर्न सिफारिस  गरी  बीमा समितिसँग सैद्धान्तिक सहमतीको लागी पठाएको थियो ।

गत  पुस ५ गतेबाट प्रमुख कार्यकारी अधिकृत भरतबहादुर बस्नेतको पदावधी सकिएपछि नायब प्रमुख कार्यकारी अधिकृत खत्रीलाई कामु सीईओको जिम्मेवारी दिइएको थियो।  बैङगलोरबाट एमबिए गरेका खत्रिको बिमा क्षेत्रमा करिब साढे दुई दशकको कार्य अनुभव रहेको छ । 

प्रतिक्रिया दिनुहोस