aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

लुम्बिनी जनरल इन्स्योरेन्सको साधारण सभा जेठ २८ गते , बुक क्लोज कहिले ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०४ जेठ २०७८
लुम्बिनी जनरल इन्स्योरेन्सको साधारण सभा जेठ २८ गते , बुक क्लोज कहिले ?

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको साधारण सभा जेठ २८ गते हुने भएको छ । कम्पनीले सभा अपरान्ह ४ बजे भर्चुअल माध्यमबाट गर्ने तयारी गरेको हो । उक्त सभाले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १४ करोड १८ लाख रहेको छ । 

सोही पूँजीको आधारमा रू. ११ करोड ४१ लाख ८० हजार बराबरको लाभांश वितरण गर्ने तयारी कम्पनीले गरेको हो ।  साथै सभाले आव २०७६÷७७ को वार्षिक प्रतिवेदन सहितका अन्य वित्तिय विवरणहरु पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखा परिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ । 

साधारण सभा प्रयोजनको लागि कम्पनीले जेठ १४ एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा जेठ १३ गते सम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
 

प्रतिक्रिया दिनुहोस