aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

लुम्बिनी जनरल इन्स्योरेन्सले जेठ २८ गतेका लागि आव्हान गर्यो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ जेठ २०७८
लुम्बिनी जनरल इन्स्योरेन्सले जेठ २८ गतेका लागि आव्हान गर्यो साधारण सभा

 काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले जेठ २८ गतेका लागि २६औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले भर्चुअल माध्यमबाट अपरान्ह ४ बजे सभा आव्हान गरेको हो । सभाले प्रस्तावित १० प्रतिशत लाभांश पारित गर्नेछ । यस वर्ष कम्पनीले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

लाभांशसँगै गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरण र सञ्चालकहरुको बैठक भक्ता पुनरावलोकन गर्ने कार्यक्रम पनि सभाका लागि तय भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा जेठ १३ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।

कम्पनीले गत वर्षको भन्दा यस वर्ष बढी लाभांश प्रस्ताव गरेको हो । अघिल्लो आर्थिक वर्ष ०७५÷७६ को सञ्चित मुनाफाबाट ८ दशमलव १२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४०६ प्रतिशत नगद लाभांश दिएको कम्पनीले यस वर्ष १० प्रतिशत लाभांश दिन लागेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १४ करोड १८ लाख रहेको छ । सोही पूँजीको आधारमा रू. ११ करोड ४१ लाख ८० हजार बराबरको लाभांश वितरण गर्ने तयारी कम्पनीले गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस