aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सिद्धार्थ इन्स्योरेन्सले डाक्यो साधारण सभा, १५.७९ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ जेठ २०७८
सिद्धार्थ इन्स्योरेन्सले डाक्यो साधारण सभा, १५.७९ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले जेठ २८ गते १९औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको आफ्नै भवन बबरमहल, काठमाडौंमा विहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीले गरेको हो । 

सभाले यस वर्षको लागि प्रस्तावित कुल १५ दशमलव ७९ प्रतिशत लाभांश पारित गर्नेछ । यस वर्ष कम्पनीले १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३ दशमलव ७९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । 

गत आर्थिक वर्ष लगानीकर्ताको हात खाली बनाएको कम्पनीले यस वर्ष पूँजी बृद्धिमा जोड दिदैं बोनस शेयर प्रस्ताव गरेको हो । यस अघि आर्थिक वर्ष २०७४÷७५ को सञ्चित मुनाफाबाट कम्पनीले १५ दशमलव ४८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । 

कम्पनीले साधारण सभा प्रयोजनका लागि जेठ १४ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा जेठ १३ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस