aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नेष्डो समृद्ध लघुवित्तले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ जेठ २०७८
नेष्डो समृद्ध लघुवित्तले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिडेले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले कर्मचारी र सामुहिक लगानी कोषका लागि समेत गरी सर्वसाधारणमा ८ लाख २८ हजार ७५० कित्ता शेयर निष्कासन गर्ने भएको हो । उक्त आईपीओ विक्री गर्नका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

पर्वत जिल्लाको कुश्मा बजारमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीको अधिकृत पुँजी ५० करोड र जारी पुँजी २५ करोड ५० लाख  रहेको छ । संस्थापक समुहको ७० प्रतिशत शेयर रहेको यस वित्तीय संस्थामा दुई वटा संस्था र ८१ जना संस्थापक शेयरधनीहरुबाट १७ करोड २१ लाख २५ हजार बराबरको शेयरपुँजी चुक्ता भैसकेको छ । 

वित्तीय संस्थाले हाल ५६ वटा शाखा कार्यालयहरु मार्फत राष्ट्रियस्तरमा ७८ हजार भन्दा बढी विपन्न परिवारलाई समूहमा आवद्ध गरीवित्तीय सेवा दिंदै आईरहेको छ । विगत २० वर्ष देखि कम्पनीले वित्तीय सेवा प्रदान गर्दै आएको छ । 

राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालले नेपाल राष्ट्र बैंकको स्वीकृतिमा मिति २०७५ फाल्गुन २९ गतेका दिनदेखि लघुवित्त वित्तीय संंस्थाको रुपमा ईजाजत प्राप्त गरेसँगै यस वित्तीय संस्थाले आफ्नो वित्तीय कारोबार सुचारु गर्दै आएको हो ।

प्रतिक्रिया दिनुहोस