
काठमाडौं । चैत २७ गते गणपुरक संख्या नपुगी स्थगित भएको नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सभा अर्को सुचना सार्वजनिक नभएसम्मका लागि स्थगित भएको छ । कोभिडका कारण नेपाल सरकारलेनै सभा सम्मेलन नगर्न निर्देशन दिएकाले कम्पनीले अर्को सुचना जारी नभएसम्मका लागि सभा स्थगित गर्ने निर्णय गरेको हो ।
कम्पनीले सभाको प्रस्तावमा गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितका वित्तिय विवरण पारित गर्दै चालू आवको लागि लेखा परिक्षक नियुक्ति गर्ने रहेको छ । साथै, लोअर इर्खुवा हाइड्रोपावर लिमिटेडले आयोजना निर्माण गर्न लिएको ऋण कर्पोरेट ग्यारेन्टी दिने सम्बन्धमा कम्पनीको सञ्चालक समितिले फागुन २ गते गरेको निर्णयलाई अनुमोदन गर्ने विषय पनि सभाका लागि तय भएको छ ।
यो कम्पनी अन्य कुनै जलविद्युत कम्पनीसँग मर्जर तथा प्राप्ती प्रकृयामा जाने भएमा आवश्यक प्रकृयाका लागि सभाले सञ्चालक समितिलाई अख्तियारी समेत दिने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ ।
साधारण सभा प्रयोजनका लागि चैत ११ गतेदेखि बुक क्लोज गरेको छछ । बुक क्लोजको आधारमा भने चैत १२ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस