aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

प्रभु इन्स्योरेन्सको लाभांश प्रस्ताव पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ जेठ २०७८
प्रभु इन्स्योरेन्सको लाभांश प्रस्ताव पारित

काठमाडौं । प्रभु इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । कोभिड महामारीका विच कम्पनीले प्रभु कम्प्लेक्स तीनकुने, काठमाडौंमा थोरै जनाको मात्र उपस्थितिमा भर्चुअल माध्यमबाट सभा सम्पन्न गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७६/७७ को लागि १० दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । यस वर्ष कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५ करोड ६२ लाख ७५ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।

चालू आर्थिक वर्षको वार्षिक लेखापरिक्षणका लागि वर्तमान लेखापरिक्षक मदन निरौला एण्ड कम्पनीलाई पुनः नियुक्त गर्ने निर्णय पनि सभाले गरेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले बैशाख २६ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा बैंशाख २३ गते बिहीवारसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त योग्य भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस