
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको सञ्चालकमा विवेक झा नियुक्त भएका छन् । कम्पनीको जेठ ७ गतेको सञ्चालक समितिको बैठकले सोही मितिदेखि लागू हुने गरी झालाई सञ्चालकमा नियुक्त गरेको हो ।
भि.जे इन्भेष्टमेण्ट कम्पनीको प्रतिनिधिको रुपमा झालाई बाँकी कार्यकालका लागि सञ्चालकमा नियुक्त गरेको कम्पनीले नेप्से मार्फत जारी सुचनामा उल्लेख छ । झा नेपाल लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरिसकेका व्यक्ति हुन ।
प्रतिक्रिया दिनुहोस