
काठमाडौँ। अहिले कोरोना भाइरस सङ्क्रमणको महामारी रोकथामको लागि मुलुकका अधिकांश भागमा निषेधाज्ञा जारी गरिएको छ। जसका करण यातायातका सबै साधनहरू ठप्प छन्। तर, कोरोना महामारी विरुद्ध अग्रपंतिमा रहेर युद्ध लडिरहेका डाक्टर, नर्स र अस्पतालका अन्य कर्मचारीको पिडा बेग्लै छ। अग्रपंतिमा नै रहेका प्रहरी र पत्रकारको पनि उस्तै समस्या छ। त्यो हो, सवारी साधनको अभाव।
यो सङ्कटको बेला आम मानिसका एक मात्र भरोसाको रूपमा रहेका अग्रपंतिका यिनै लडाकुको योगदानलाई सम्मान गर्दै व्हाइट लोटस मोटर्सले विद्युतीय स्कुटरको सहज उपलब्धता गराएको छ। सवारी साधनहरूको अनलाइन खरिद बिक्री गर्ने कम्पनी क्यास अन व्हिलसँगको सहकार्यमा डाउन पेमेन्ट बिना नै किस्ताबन्दीमा स्वास्थ्य क्षेत्रमा काम गर्ने व्यक्तिहरू, प्रहरी र पत्रकारलाई विद्युतीय स्कुटर उपलब्ध गराइएको सो कम्पनीका सञ्चालक अशोक खड्गीले बताएका छन्।
क्यास अन व्हिलका प्रबन्ध निर्देशक मोहन भण्डारीका अनुसार उनको कम्पनीले यस्ता सवारी साधन खरिदकर्ताको घरसम्म नै डेलिभरी गर्ने व्यवस्था समेत मिलाएको छ। उनी भन्छन्, 'यो सङ्कटको बेला उहाँहरू हाम्रो सो रुम सम्म आएर किन्न समेत गाह्रो छ त्यसैले हामी ग्राहकले रोजेको सवारी घरसम्म नै पुर्याईदिन्छौं।' यस्तो सुविधा काठमाडौँ उपत्यकामा मात्र नभएर बाहिरी जिल्लाहरूमा समेत रहेको उनले बताए।
क्रेडिट कार्डको सहजताले गर्दा ग्राहकले तत्काल डाउन पेमेन्ट गर्ने झन्झट रहँदैन। उनीहरूले नगद जोहो गर्ने पर्याप्त समय प्राप्त गर्छन्। क्रेडिट कार्ड मार्फत १ लाख रुपैयाँ भुक्तानी गर्नु पर्ने हुन्छ भने बाँकी रकम ग्राहकले मासिक ९ हजार ९ सय ९९ रुपियाँको किस्ता १ वर्षसम्म तिर्नु पर्ने हुन्छ ।
बैंकसँगको सहकार्यबाट मासिक ९ हजार ९ सय ९९ रुपियाँ किस्तामा नै स्तरीय विद्युतीय स्कुटर किन्ने अवसर आफूहरूले उपलब्ध गराएको उनी बताउँछन्। यदि कसैसँग पैसा छैन तर सवारी अति आवश्यक छ भने क्रेडिट कार्ड मार्फत डाउन पेमेन्ट बापतको रुपियाँ समेत उपलब्ध गराउने व्यवस्था आफूहरूले मिलाएको भण्डारी बताउँछन्।
कोभिड-१९ को महामारीको बेला पेट्रोल/डिजेलबाट चल्ने सवारीमा इन्धन भर्न समेत कठिनाइ भइरहेकोले अहिलेको अवस्थामा विद्युतीय स्कुटरको महत्त्व अझ बढेको व्हाइट लोटसका अशोक खड्गीको भनाइ रहेको छ। त्यसैले आफूहरूले बजारमा ल्याएको प्युओर ब्रान्डका विद्युतीय स्कुटर घरमा नै सजिलै चार्ज गर्न मिल्ने र लामो यात्रा समेत गर्न सकिने भएकाले सवारीको अति आवश्यक पर्ने समुदायलाई लक्षित गरेर नयाँ स्किम ल्याइएको उनी बताउँछन्।
यो स्किममा ग्राहकले पहिलो किस्ता बराबरको १० हजार रुपैयाँ तिरेर स्कुटर खरिद गर्न सक्नेछन् । ग्राहकसँग क्रेडिट कार्ड नभएको खण्डमा कम्पनीले नै क्रेडिट कार्डको प्रक्रिया अघि बढाइदिने उनले बताए । यसरी क्रेडिट कार्डको सहजताले गर्दा ग्राहकले तत्काल डाउन पेमेन्ट गर्ने झन्झट रहँदैन। उनीहरूले नगद जोहो गर्ने पर्याप्त समय प्राप्त गर्छन्। क्रेडिट कार्ड मार्फत १ लाख रुपैयाँ भुक्तानी गर्नु पर्ने हुन्छ भने बाँकी रकम ग्राहकले मासिक ९ हजार ९ सय ९९ रुपियाँको किस्ता १ वर्षसम्म तिर्नु पर्ने हुन्छ ।
हुन पनि सो कम्पनीले नयाँ वर्षको उपलक्ष्यमा इलेक्ट्रिक स्कुटर खरिदमा सबैलाई १५ हजारको नगद छुट दिएको थियो। त्यो छुट जेठ महिनाभर रहेकोमा कोरोना विरुद्ध फ्रन्टलाइनमा काम गरिरहेकाको लागि थप १० हजार नगद छुट समेत स्कुटर खरिदमा दिएको छ। त्यसबाहेक आफूसँग रहेको पुरको जुनसुकै मोटरसाइकल वा स्कुटर भएपनी एक्सचेन्जको व्यवस्था समेत गरिएको छ।
एक्सचेन्ज अफरबारे भण्डारी भन्छन्, 'हामी पुरानो सवारीको पनि उचित मूल्याङ्कन गर्छौँ र नयाँ स्कुटर दिन्छौँ।' पुराना सवारीलाई समेत सामान्य बजार मूल्यभन्दा २०हजार रुपियाँ बढी मूल्याङ्कन गर्ने उनी बताउँछन्। प्युओर ब्रान्डका विद्युतीय स्कुटरको गुणस्तर अति नै राम्रो भएको दाबी गर्दै उनले आफूहरूले इ-प्लेटो र नियो इन्ट्रान्स गरी दुई सेग्मेन्टका विद्युतीय स्कुटरको बिक्री गर्दै आएको क्यास अन व्हिलका भण्डारीले बताए।
के छ विशेषता ?
विद्युतीय सवारीको सञ्चालन खर्च अति नै कम रहेको भण्डारी र खड्गी दुवैको दाबी छ। भण्डारी भन्छन्, 'तपाई जम्मा २५ पैसाको लागतमा एक किलोमिटर यात्रा गर्न सक्नुहुन्छ। जबकि पेट्रोलबाट चल्ने स्कुटरमा एक किलोमिटर यात्रा गर्दा औसत ४ रुपियाँ खर्च हुने देखिन्छ।' त्यसैले कम खर्चमा यात्रा गर्न सक्नु नै यसको प्रमुख विशेषता हो।
प्योर ईभीको ई–प्लेटोमा ६० भोल्ट २.५ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री प्याक रहेको छ । ई–प्लुटोको उच्च गति ६० किलोमिटर प्रतिघण्टा छ । त्यसै गरी नियो इन्ट्रान्स पनि ६० भोल्ट २.५ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री रहेको छ । इलेक्ट्रोनिक भेहिकल (ईभी) को प्योर स्कुटर बिशेषता र पर्फर्मेंन्स पेट्रोल स्कुटरको १२५ सिसि बराबर रहेको छ।
यसबाहेक घरमा वा अफिसमा जहाँ पनि यसलाई चार्ज गर्न सकिन्छ। यदि कथम् कदाचित् बाटैमा ब्याट्रीको चार्ज सकियो भने सजिलै ब्याट्री निकालेर कतै लगी बढीमा आधा घण्टामा नै फेरी स्कुटर चलाउन सकिन्छ। 'यदि कसैले एक्स्ट्रा ब्याट्री राखेको छ भने त यस्तो समस्या कहिले पनि आउँदैन', भण्डारी भन्छन्।
प्योर ईभीको ई–प्लेटोमा ६० भोल्ट २.५ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री प्याक रहेको छ । ई–प्लुटोको उच्च गति ६० किलोमिटर प्रतिघण्टा छ । त्यसै गरी नियो इन्ट्रान्स पनि ६० भोल्ट २.५ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री रहेको छ । इलेक्ट्रोनिक भेहिकल (ईभी) को प्योर स्कुटर बिशेषता र पर्फर्मेंन्स पेट्रोल स्कुटरको १२५ सिसि बराबर रहेको छ।
यस स्कुटरमा १.५ किलोवाट र २.२ किलोवाट क्षमताको दुई मोटर अप्सन पाउन सकिन्छ । यसमा रहेको ब्याट्रीलाई एक पटक फुल चार्ज गर्दा १०० किलोमिटर चलाउन सकिन्छ ।
व्हाइट लोटसले ल्याउँदै छ लामो दुरीको विद्युतीय सवारी
व्हाइट लोटसका सञ्चालक अशोक खड्गीका अनुसार उनको कम्पनीले चाँडै लामो दुरीको लागि समेत यात्रा गर्न मिल्ने विद्युतीय माइक्रो बस आयात गर्दै छ। त्यो आएपछि हालको तुलनामा लगभग आधा भाडामा नै यात्रुहरूले लामो दुरीको समेत यात्रा गर्ने अवसर पाउने उनको दाबी छ। खड्गी भन्छन्, 'सरकारले एसियाली विकास बैंकको सहयोगमा ५० वटा चार्जिंग स्टेसन बनाउने भएपछि हामी उत्साहित भएका छौँ। त्यसैले आधा घण्टामा नै चार्ज हुने माइक्रो बस नेपाल भित्राउने प्रक्रिया हामीले सुरु गरिसकेका छौँ।'
ब्याट्री फेर्नुपर्यो भने ठुलो रकम खर्च हुन्छ भन्ने चिन्ता नगर्न उपभोक्तालाई उनी सुझाव दिन्छन्। उनी भन्छन्, 'सन् २०१० मा १ किलोवाट आवरको ब्याट्री १२०० डलर पर्थ्यो अहिले त्यसको मूल्य १२० डलर छ। अब भारतमा सन् २०२४ सम्ममा यस्ता ब्याट्री उत्पादन हुँदै छन् त्यसपछि ८०/९० डलरमा झर्ने अपेक्षा छ।'
सरकारले विद्युतीय सवारीको आयातमा भन्सार छुट गरेर नेपाललाई लाभ हुने र व्यापार घाटा समेत घटाउने निजी क्षेत्रको यो प्रयासमा सहयोग पुर्याउनु पर्ने उनको माग छ। हालका अर्थमन्त्रीले यो यथार्थ बुझेकोले यस पटकको बजेटबाट विद्युतीय सवारी आयातकर्ताले ठुलो अपेक्षा राखेको उनको भनाई छ।
अन्तर्राष्ट्रिय बजारमा लिथियम आयोन ब्याट्रीको मूल्यमा समेत गिरावट आउँदै गरेकोले अब पहिले जस्तो ब्याट्री फेर्नुपर्यो भने ठुलो रकम खर्च हुन्छ भन्ने चिन्ता नगर्न उपभोक्तालाई उनी सुझाव दिन्छन्। उनी भन्छन्, 'सन् २०१० मा १ किलोवाट आवरको ब्याट्री १२०० डलर पर्थ्यो अहिले त्यसको मूल्य १२० डलर छ। अब भारतमा सन् २०२४ सम्ममा यस्ता ब्याट्री उत्पादन हुँदै छन् त्यसपछि ८०/९० डलरमा झर्ने अपेक्षा छ।'
त्यसो त हाल सो कम्पनीले बजारमा ल्याएको इ-प्लेटो र नियो इन्ट्रान्सको ब्याट्रीमा ३ वर्षको वारेन्टी नै छ। उनका अनुसार सामान्यतया यी ब्यत्रिले ६/७ वर्ष काम गर्छन्। त्यसपछि मात्रै फेर्नु पर्ने हुन्छ। जुन बेला यस्ता ब्याट्रीको मूल्य हालको तुलनामा निकै नै सस्तो भइसकेको हुनेछ।
प्रतिक्रिया दिनुहोस