
काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडिसीएल) ले शतप्रतिशत हकप्रद शेयर निष्कासनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
कम्पनीले चैत १२ गते हकप्रद निकाष्सनका लागि बोर्डमा निवेदन दिएको हो । यस अघि पनि बोर्डमा निवेदन दिएको कम्पनीले लामो समयसम्म आवश्यक कागजात नबुझाएको भन्दै बोर्डले कम्पनीको निवेदन पाइपलाइनबाट हटाएको थियो ।
पुनः आवश्यक प्रकृया सहित निवेदन दर्ता गराएको कम्पनीले दुई महिनामै अनुमति पाएको हो । बोर्डले प्रतिकित्ता रू. १०० अंकित दरको १ बराबर १ को अनुपातमा रू. ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्कासनको लागि जेठ ९ गते अनुमति दिएको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १६ अर्ब ५० करोड रहेको छ । यो हकप्रद शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस