काठमाडौं । एनआइसी एशिया बैंकको स्वामित्वमा रहेको नेशनल लाईफ इन्स्योरेन्सको लिलामीमा शेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले ४१ हजार ८९६ कित्ता संस्थापक शेयर बैशाख २७ गते देखि लिलामीमा ल्याएको हो ।
प्रतिशेयर न्यूनतम मूल्य रू. ४४९ तोकिएको यो शेयर खरिदका लागि आवेदन दिदाँ तोकिएको मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । शेयर खरीदका लागि न्यूनतम एक सय कित्ता र सो वा सो भन्दा बढी सम्पूर्ण कित्ताका लागि आवेदन गर्न सक्नेछन् ।
विक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आवेदकले एनआइसी एशिया बैंकको कर्पोरेट कार्यालय ट्रेड टावर थापाथली काठमाडौं र साथै शाखा कार्यालयहरु, विराटनगर, बीरगञ्ज, पोखरा, बुटवल , धनगढी र सुर्खेतबाट पनि बोलपत्र प्राप्त गर्न र पेश गर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस