
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष ०७६÷७७ को लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनीले यस वर्ष १५ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको जेठ ९ गतेको सञ्चालक समितिले गरेको प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस