काठमाडौं । विगत तीन दशकभन्दा बढीदेखि नेपालमा अटो मोबाइल्सको क्षेत्रमा काम गरिहेको सिप्रदी ट्रेडिङ सधैं ‘गुड गभर्नेन्स’ मा अब्बल रहँदै आएको छ । अन्य कम्पनीहरुले समेत सिप्रदीको सिको गर्न खोजीरहेका छन् ।
सिप्रदीले ‘गुड गभर्नेन्स’ को क्षेत्रमा नाम कमाउनुको रहस्यका विषयमा सिप्रदी टे«डिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने–‘सिप्रदीले नेपालमा काम गर्न थालेको ३७ वर्ष भइसक्यो । सिप्रदीले शुरुदेखि नै ग्राहक सन्तुष्टि पहिलो प्राथमिकतामा राखेको छ । सीईओ श्रेष्ठले भने–‘सिप्रदीको डे वानदेखि नै पारदर्शीता नै पहिलो मन्त्र हो । सिप्रदीका सबै बोर्ड अफ डाइरेक्टरहरुले पनि सिप्रदी कम्पनीका साथ साथै गुड गभर्नेन्सलाई पहिलो प्राथमिकतामा राखेर निर्देशन दिनुभएको छ ।’
‘कम्प्लाइन्समा नो कम्प्रमाइज, गुड गभर्नेन्स हुनु अर्को सुत्र हो । त्यसमा सबै कर्मचारीलाई जागिरको पहिलो दिनदेखि नै सिप्रदीको कोर भ्यालुको बारेमा अवगत गराएपछि मात्र काममा प्रवेश गराउछौं ।’ श्रेष्ठको भनाइ छ ।
सिप्रदीको कोर भ्यालुमा सबै कन्भिन्स भइसकेपछि काम गराइमा पनि त्यो भ्यालूले काम गर्ने सिप्रदीको विश्वास रहेको उनले बताए । सिप्रदी कस्टमर केयर कम्पनीमध्ये कस्टमरको पहिलो रोजाइमा सिप्रदी पर्ने गरेको उनको दाबी छ ।
कम्पनीमा कर्मचारीहरुलाई पनि प्रथमिकतामा सिप्रदीले राख्छ, उनीहरुको क्षमता अभिवृद्धिका लागि स्वदेश र विदेशमा तालिममा सहभागी गराउने गरेको सीईओ श्रेष्ठले जानकारी दिए ।
सिप्रदीमा वर्षमा कर्मचारी छोड्ने र नयाँ आउनेको जम्मा २ प्रतिशत मात्र रहेको उनी बताउँदै उनी भन्छन्–‘अन्तर्राष्ट्रिय रुपमा पनि कम्पनीमा कम्तिमा पनि ७ देखि ८ प्रतिशत कर्मचारी हरेक वर्ष परिवर्तन गर्नुपर्छ । यसले कम्पनीमा नयाँ कर्मचारीहरुको प्रवेश हुन्छ र कम्पनीमा नयाँ सोच र विचार प्रवेश हुन्छ भन्ने मान्यता छ । तर, नेपालमा नयाँ कर्मचारी आउँदा पनि नयाँ सोच र विचार लिएर आउने कम भएकाले सिप्रदीबाट बाहिर जाने र सिप्रदीमा प्रवेश गर्ने कर्मचारीको संख्या कम हुनुको कारण पनि यहि होला ।’
३५० मिलियन डलर वार्षिक आम्दानी गर्ने सिप्रदीमा ७५० जना कर्मचारी र ६५० जना सहयोग गर्ने कर्मचारीहरु रहेका छन् । सिप्रदी ट्रेडिङ प्रालि (एसटीपीएल) सन् १९८२ देखि टाटाको नेपालका निम्ति आधिकारिक डिलरको रुपमा काम गरिरहेको छ भने कर्मिसियल गाडीका लागि देशका २२ स्थानमा बिक्री अफिस र २५ स्थानमा सर्भिस सेन्टर सञ्चालनमा छन् । प्यासेन्जर गाडीका लागि १६ स्थानमा शोरुम र २५ स्थानमा सर्भिस सेन्टर सञ्चालनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस